Skip to main content

नेपालको भुकम्प प्रभावितका लागि फेसबुक र गुगललको प्रयास

नेपालमा गएको विनाशकारी भुकम्पपछि फेसबुकले आफ्नो नयाँ एप सुरु गरेको छ जसले भुकम्प प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्नेछ । सेफ्टी चेक नामको यो नयाँ एपले फेसबुक प्रयोगकर्तालाई आफ्नो अवस्था तथा सुरक्षाको विषयमा आफ्ना फेसबुके साथीलाई जानकारी गारउन तथा सूचना दिएर सतर्क बनाउन मद्दत गर्दछ ।
यो एपले भुकम्पबाट क्षतिग्रस्त विपदयुक्त क्षेत्रबाट तपाइँ कति टाढा हुनुहुन्छ भन्ने कुरा पहिचान गर्दछ । यदि तपाइँ विपदयुक्त अर्थात् खतयायुक्त क्षेत्रमा पर्नुभयो भने तपाइँलाई प्रश्न सोधिन्छ, के तपाइँ सुरक्षित हुनुहुन्छ भनेर । यदि सुरक्षित हुनुहुन्छ भने आफ्ना साथी तथा परिवारजनलाई त्यसको जानकारी सोही बमोजिम गराउन सक्नुहुन्छ । साथै तपाइँले तपाइँका अन्य फेसबुके साथीहरु जो तपाइँ भएकै क्षेत्र रहेका छन् भने उनीहरु सुरक्षित छन् की छैनन् भन्ने कुरा समेत जानकारी लिन सक्नुहुन्छ ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले भनेका छन्, ‘जब प्रकोप हुन्छ तब मानिसहरुलाई आफ्ना प्रियजन सुरक्षित छन् की छैनन् भन्ने कुरा जान्नु आवश्यक पर्छ । यस्तो विपदको अवस्थामा एक अर्काबीच सम्पर्क हुनु साँच्चीकै महत्वपूर्ण हुन्छ । यो दुखद् अवस्था भोग्नपुगेका सबैप्रति मेरो सहानुभुति छ ।’
साथै नेपालका भुकम्प प्रभावितका लागि गुगलले भने पर्सन फाइन्डर नामको टूल सुरु गरेको छ । यो भनेको भुकम्पमा परी बेपत्ता भएकाहरुको डाटाबेस जस्तै हो जहाँ वेबसाइटमा प्रभावितहरुले आफ्ना बेपत्ता आफन्तजनको विवरण उल्लेख गर्नुका साथै आफुलाई थाहा भएको नयाँ सूचना समेत इन्ट्री गराउन सक्छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।