Skip to main content

कामे अनाथहरुको आवाज लिएर चुचुरो टेक्दै फोटो फिचर

अनाथ टुहुरा र असहाय बालबालिकालाई शिक्षा दिन र तिनको हेरचाहका लागि आर्थिक स्रोत जुटाउन सोलुखुम्बुका कामे मगर सगरमाथा आरोहणको तयारीमा छन् ।
आफैँ रक्त क्यान्सरबाट पीडित भई हाल स्वस्थ हुनुभएका मगरले असहाय बालबालिकाको अवस्थाप्रति समाज र राष्ट्रको ध्यान आकृष्ट गर्न सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका हुन् ।
पदयात्री पर्यटकको भरिया भई काम गर्दै आउनुभएका मगरले आफ्नो परिश्रमको रकम असहाय, अनाथ र बेवारिसे बालबालिकाको लालनपालनमा खर्चिदै आउनुभएको छ ।
काठमाडौँको जोरपाटीमा सोलु बालकल्याण अनाथालय संस्था खोलेर त्यस्ता बालबालिकलाई सभ्य नागरिक बनाउने लक्ष्य लिनुभएका मगरले अहिलेसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सहयोग लिनुभएको छैन । )“मेरो कामबाट प्रभावित भएर केही साथीभाइले भने सहयोग गरेका छन्” –उहाँ भन्नुहुन्छ
गौतम बुद्धको देशमा बालबालिकाको संरक्षण र शिक्षाको समस्या उजागर गर्न तथा उनीहरूप्रति राज्य र समाजको ध्यानाकृष्ट गर्न आफूले सरगरमाथाको अभियान प्रारम्भ गर्न लागेको समाजसेवी मगर बताउनुहुन्छ ।
बालगृह सञ्चालनकै लागि सगरमाथा शिखरमा पुग्ने अभियानमा लाग्नुभएका मगरलाई त्यहाँ पुग्न लाग्ने झन्डै रु ४८ लाख खर्च जुटाउन सरकारका साथै विभिन्न सङ्घसंस्था र नेपालीसँग सहयोगको याचना गर्दैआउनुभएको छ ।
सगरमाथा आरोहणका लागि बुझाउनुपर्ने राजस्व पनि मिनाहाका लागि उहाँले पहल गर्नुभएको छ ।

एस्तो छ कामे मगरको सगरमाथा आरोहणको योजना

१७ अप्रिल २०१५ काठमान्डौ बाट लुक्ला उडान गरेर फाक्दिंग सम्म हिड्ने
फाक्दिंग बाट नाम्चे थामे हुदै तेंग्बोचे गएर पाचौ दिनमा पूजा गर्ने
सातौ दिनमा आइस ल्याण्ड पिक चड्ने
११ औ दिनमा लोबुचे चड्ने
१४ औ दिनमा सगरमाथा आधार शिबिर पुग्ने
२५ औ दिन बाट सगरमाथाको चुचुरो तिर पाइला चाल्ने

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।