Skip to main content

कलेजो, क्यान्सर, जण्डिसलगायतका रोग निको पार्न उपयोगी जडिबुटीहरुको बारेमा थाहा पाउनुहोस्

कलेजो, क्यान्सर, जण्डिसलगायतका रोग निको पार्ने अचुक उपाए

हाम्रो शरिर पाँच तत्वले बनेको छ। तर यि पाँच तत्वले बनेको शरिरमा कहिले काहि हामिलाई विभिन्न प्रकारको समस्याहरु आउने गर्दछ। जसको उपचार हस्पिटल अथवा कुनै डाक्टर बाट नभई हाम्रो घरको वरिपरि पाईने विभिन्न प्रकारको बनस्पतिबाट हुने गर्दछ । आज हामी तपाईलाई कुनकुन बनस्पती कुन रोगका लागि उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी दिन्छौ :

भृङ्गीराजः यसको पुरै बोटलाई छाँयामा सुकाएर पिस्ने र ५-६ ग्राम भृङ्गीराज चुर्णलाई मनतातो पानी वा दुधसँग दिनको दुईपटक दुई हप्तासम्म सेवन गर्नाले रक्तविकार, चर्मरोग, टाउको दुख्ने, कलेजोसम्बन्धि रोग निको हुनुको साथै उच्च रक्तचापका रोगीहरुको लागी अति गुणकारी मानिन्छ। त्यस्तै यसको पुरै बोटलाई ताजै पिंधेर एक गिलास रस बनाउने र त्यसलाई एक मुठ्ठी मिश्री पानीमा मिलाएर दिनहूँ एक महिनासम्म सेवन गर्नाले जण्डिस रोग पुर्णरुपमा निको हुन्छ।

भुइँअमलाः भुइँअमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ। त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई  रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि यो फाइदाजनक हुन्छ ।

भलायोः सुकेको भलायोको बीउलाई पिंधेर धुलो पार्ने र २–३ ग्राम भलायो चुर्णलाई नरिवलको घिउसँग मिलाएर सेवन गर्नाले पेटसम्बन्धी सम्पुर्ण रोगहरु निको हुन्छ। यसले पेटको जुका मार्ने, शक्ति प्रदान गर्ने काम गर्दछ । वीर्यको मात्रालाई बढाउँछ।

लघुपत्रः यसको केहि जराहरुमा थोरै विरेनुन, भुटेको ज्वानो, जिरा मिलाएर पिध्ने र यसरी पिंधेर तयार पारिएको धुलोमध्ये २–३ चम्चा धुलोलाई कागती मिश्री पानीमा मिलाएर नियमित दिनको २–३ पटक सेवन गर्नाले दिसा कब्जीयत हुने र गोटा आदि हुने रोग निको हुन्छ। यसको नियमित सेवनले कलेजोलाई सक्रिय पार्छ। क्यान्सर रोगमा लाभ हुन्छ।

लुँडेः  लौंडेको मुन्टालाई तरकारीको रुपमा प्रयोग गर्नाले वा यसको जरा र मुन्टालाई थिचेर रस निकाली विहान बेलुका चौलानी पानीसँग खानाले रक्तप्रदर, रक्तविकार र यौनजन्य संक्रमणबाट बच्न सकिन्छ। साथै सो रसले यौनाङ्ग धुनाले राम्रो फाइदा गर्छ।

शिवलिङ्गीः यसको १०–१५ वटा फलको तरकारी पकाएर दुई हप्तासम्म खानाले पेटलाई सफा राख्छ । पेटको गर्मी हटाउँछ । सिद्धि शान्ति र पुत्रप्राप्ति हुन्छ । पाकेको केरामा शिवलिङ्गीको वीउ रोपेर खानाले पुत्र प्राप्ति हुन्छ भन्ने भनाई पनि छ।

बकाइनोः यसको फल, पात वा बोक्रालाई पिसेर लेदो बनाई लुतो–घाउ खटिरा आएको ठाउँमा लगाउने वा बकाइनो चुर्णलाई मनतातो पानी वा दुधसँग मिलाएर नियमित पिउनाले विभिन्न प्रकारका चर्मरोग ठिक हुन्छ । यसको प्रयोगले महिलाहरुको शिथिल गर्भाशयलाई दह्रो बनाउँछ । पेटको जुका मार्छ।

सुनपातीः यसको पातलाई सुकाएर वा ताजै पातलाई मुखमा राखेर विस्तारै चुसीरहनाले धुम्रपानको लतलाई छोडाउन विशेष मद्दत गर्छ । धुम्रपान सेवन गर्नेहरुको लतलाई मेटाउँछ। धूप र सुगन्धित तेल उत्पादनको लागि यो अति नै उपयोगी छ।

सिस्नोः सिस्नोको मुल जरा, पात वा मुन्टालाई काँचै पिधेर रस निकाली दैनिक पिउनाले वा यसका ताजा पात वा मुन्टालाई तरकारीको रुपमा पकाई खानाले रक्तअल्पता, पिसाव तथा पेटसम्वन्धि सम्पुर्ण रोगहरुमा राम्रो फाइदा पुर्याउछ । आँखा तथा छालालाई सुन्दर राख्ने काम गर्दछ ।

यार्सागुम्बाः यो दुर्गम हिमाली जिल्लाको पाखा–पखेरा हिऊमुनि पुरिएर रहने एक प्रकारको लाभे्र किरामा ढुसी लागेर उम्रिने च्याऊ हो । यसको टुप्पो खैरो र फेद फिका पहेंलो हुन्छ। अत्यन्तै शक्तिबद्र्धक यो वनस्पती मानव जीवनको लागि सञ्जीवनी बुटि नै सावित भएको छ। विहान बेलुका मह मिलाएको दुधसँग एक–एक वटा यार्सागम्बा खाने हो भने यसले हेपाटाइटिस बि भाइरसलाई समेत नष्ट गरिदिन्छ। फोक्सो र मृगौलाको क्यान्सरलाई निको पारी शरीरका सम्पुर्ण अंगहरुलाई सवल र सक्षम बनाउँछ। वृद्धहरुलाई जवान बनाउँछ। चाउरिका छालाहरुलाई पुष्ट बनाउँछ।

शंखपुष्पीः यसको पुरै बोटलाई पिसेर निकालिएको रसमध्ये दुई चम्चा जति रसलाई गाईको दुधसँग बिहान–बेलुका सेवन गर्नाले मुहारमा नयाँ कान्ति छाउँछ। स्मरणशक्ति बढ्छ र मानसीक रोगहरुमा लाभ गर्दछ।

दुधेलहरोः यसको जरा र जराको बोक्रालाई कुटेर रस निकाल्ने र एक चिया गिलासको आठ भागको एक भागमा मिश्री मिलाएर दिनको दुई पटक खाने गरेमा दम रुघा खोकी ठिक हुन्छ । छालासम्वन्धि सम्पुर्ण रोगहरुमा राम्रो फाइदा गर्छ ।पिसाब राम्रोसँग खुलाउँछ । रक्तविकारलाई हटाउँछ।

बज्रदन्तीः यसको स–साना कलिला हाँगाले नियमित दाँत माझ्नाले दाँत राम्रो, चम्किलो, सफा हुनुको साथै दाँतसम्वन्धि सम्पुर्ण रोगहरुलाई नष्ट हुन्छन्। यसको मुल जरालाई पानीमा पकाइ मुख कुल्ला गर्नाले मुखको दुर्गन्ध हट्छ। श्वास–प्रश्वाससम्बन्धि सम्पुर्ण रोगहरुको नाश गर्छ।

अदुवा दुई तीन चम्चा अदुवाको रसमा २–३ ग्रामलाई, महसँग मिलाएर दिनको २–३ पटक सेवन गर्नाले आमवात, श्वाससम्बन्धि रोग, पेटको शुल, हृदयरोग आदिको निवारण हुन्छ। पाचन शक्तिलाई मजबुत बनाउँछ।

मजिटोः यसको मुल जरा वा पातलाई कुटेर निस्किएको २–३ ग्राम रसमा मह मिलाइ पानीसँग दिनको दुई पटक पिउनाले छाला चिलाउने, सुन्निने रोग आदिमा राम्रो फाइदा गर्छ। कान, आँखा तथा यौनाङ्गका सम्पुर्ण रोगहरुलाई निर्मूल पारिदिन्छ। महिलाहरुको मासिक धर्म गडवडीमा राम्रो फाइदा गर्छ। कुष्ठरोगलाई निवारण गर्छ।

बाटुले पातः यसको जरालाई पिसेर बनेको धुलो ३–४ ग्रामलाई तातोपानीसँग मिलाएर विहान–बेलुका दिनको २ पटक खानाले महिलाको रज गडवडी, स्तनसम्बन्धि विकार, पिसावसम्वन्धि सम्पुर्ण रोगलाई नाश गरिदिन्छ। ज्वरो, खोकी, अपच, झाडापखला, रक्तविकार र मुत्रविकारजस्ता रोगहरुमा राम्रो लाभ गर्दछ।

घोडताप्रेः यसको पुरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह वा मिश्री धुलो मिलाएर पटक–पटक सेवन गर्नाले बाथरोग, कुष्ठरोग, नशासम्बन्धि सम्पुर्ण रोगहरुलाई निर्मुल पार्छ। स्मरण शक्तिलाई बढाउँछ। रगत सफा गर्छ । पिसाब खुलाउछ । खानामा रुचि बढाउँछ । खाना अपच भएमा यसले पाचकको रुपमा काम गर्छ । अनिद्रा हटाउँछ । आयु बढाउँछ । यसको पुरै बोटलाई सुकाएर चुर्ण बनाई ४–५ ग्राम मह वा मिश्री पानीमा मिलाएर दिनको दुई पटक प्रयोग गर्नाले वा यसको पुरै भागलाई पकाएर मनतातो भएपछि यौनाङ्ग वा शरीरका अन्य भागमा सफा गर्नाले भिरुङ्गी रोग निको हुन्छ । छालाका घाउ–खटिरालाई निको पार्छ । यसको नियमित सेवन गर्नाले तोते बोल्ने बच्चाहरुको लागी अत्यन्त फाइदा गर्छ।

घिऊकुमारीः आजभोली यसको प्रयोगले व्यापकता लिई सकेको छ । यसलाई यो एक लाभकारी बिरुवाहो घिऊकुमारीको छिप्पिएको पातभित्रको गुदिलाई पिंधेर ध्यूसँग मिलाएर पोलेको घाऊमा लगाउनाले घाउको दुखाइ कम हुनुका साथै छिट्टै निको हुन्छ। यसको गुदी ५–१० ग्राम वा १०–२० मिली रसलाई बिहान–बेलुका खानाले गानोगोला, ग्याष्ट्रिक, महिनावारीको गडवढी, पेट तथा कलेजोको रोगहरुमा राम्रो फाइदा गर्छ। त्यस्तै बाथरोग, फियोको समस्या, पेटको वायुमा यसले राम्रो काम गर्छ। यौनशक्ति बढाउनु परेमा यसको प्रयोग अति जरुरी छ। आगोले पोलेकोमा यस्को गुदी दल्नाले आराम हुन्छ। अनुहारमा दिनको दुईपटक दल्नाले चायाँ लगाएत अन्य रोगहरु हराउंछ। टाउकोमा दल्नाले चायाँलाई ठीक गर्छ। यस्को रस बनाएर पिएमा पेटको धेरै रोगलाई निको पार्छ । मधुमेहको लागि साह्रै गुणकारीछ। कम्तीमा पनि एक बिरुवा भएपनि गमलामा लगाउनु स्वास्थ्यको लागि धेरै लाभ लिन सकिन्छ।

कुटजः यसको सुकको बोक्रालाई खलमा पिस्ने र उक्त धुलोलाई ४–५ ग्राम दिनको दुई पटक मनतातो पानीसँग खानाले वा मुखमा राखी चुसीरहनाले दन्त हर्सा, पेट हर्सा, अतिसार, छाला तथा आन्द्राको रोगहरुमा राम्रो फाइदा गर्छ । पेटको जुकालाई नाश गर्छ । फोक्सोको खराबीलाई नियन्त्रणमा ल्याउँछ । यसको वीऊसहितको कोसालाई पनि सोहि बमोजिम पिसेर सेवन गर्नाले हृदयजलनलाई ठिक गर्छ । शरीरलाई राम्रो सन्तुलनमा राख्छ।

कुरिलो यसको सुकेको वा ताजै जरालाई पिधेर चुर्ण भए ४–८ ग्राम र रस भए दुई–चार चम्चामा मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध बढ्छ । यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि।लि। रसलाई दिनको दुई पटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ तुहिने, वातरोग आदिलाई निर्मुल पार्छ । मस्तिष्कको दुर्वलतालाई हटाउँछ। पुरुषहरुमा वीर्यको मात्रा बढाउँछ। पिसाबलाई राम्रोसँग खुलाउँछ। आउँ, झाडापखला, पेटको दुखाई, मधुमेह जस्तो रोगहरुको लागि अत्यन्त लाभप्रद छ।

चन्दनः यसको स–साना टुक्रालाई भिजाएर घोट्ने र मुखलगायत शरीरका सम्पुर्ण भागहरुमा लगाउने अनुहारको चाँया पोतो हट्छ । यसले मुहारलाई गोरो बनाउँछ। छालासम्बन्धि सम्पुर्ण रोगहरुलाई नष्ट गरिदिन्छ । दिनको दुई तीन पटक दुइ चम्चा खानाले ज्वरो निको हुन्छ । चन्दनको केहि टुक्राहरुलाई पानीमा पकाई वा चन्दनको वासनादार तेलले नियमित मालिस गर्नाले यौन रोगबाट छुटकारा पाउन सकिन्छ।

सिमलः यसको २–३ ग्राम खोटोलाई पानीसँग खानाले वा यसको मुल जरा र फुललाई गाईको घिउमा भुटेर यसमा थोरै सिधेनुन मिलाई खानाले अतिसार, रक्तपित्त, रक्तप्रदर, श्वेतप्रदर, वातरोग आदिमा टोनिकको रुपमामा काम गर्छ। आउँ र झाडापखला रोक्छ।

अश्वगन्धाः यसको जरालाई जरालाई राम्रोसँग धोइपखाली घाममा सुकाएर चुर्ण बनाउने, ४–५ ग्राम अश्वगन्धा चुर्णलाई एक चिया गिलासको आठ भागको एक भाग पानीमा वा मिश्री राखेर उमालेको दुधसँग मिलाएर बिहान–साँझ दुई पटक भोजन पछि सेवन गर्नाले शरीरलाई चाहिने रसायनमा वृद्धि गर्छ । यौनशक्ति बढेर आउँछ। वातरोग पुर्णरुपमा निको हुन्छ।

खयरः २०–३० बर्ष पुरानो रुखको भित्री भागलाई स–साना टुक्राहरु बनाई काटेर माटोको भाँडोमा हाल्ने र एक पाथी पानीमा घण्टौ पकाई आधा माना पानी बाँकी रहेपछि झिक्ने र त्यसपछि उक्त झोललाई छानेर काठको बाकसमा खन्याई चिसो पार्ने । अब राम्रोसँग जमेको क्वाथलाई बाकसबाट निकालेर स–साना टुक्रा पारेर घाममा सुकाई ओभानो भाँडोमा भरेर राख्ने । त्यसपछि १५–२० मिलीग्राम बोक्राको क्वाथलाई महसँगि मिलाएर खानाले वा स–साना टुक्रालाई मुखमा राखी चुसिरहनाले मुख तथा पेटको घाउ–खटिरा, रक्तविकार, अतिसार, श्वाससम्बन्धि रोग, दाँतसम्वन्धि सम्पुर्ण रोगहरु नाश हुनुको साथै उक्त झोललाई छालामा लगाउनाले छालासम्वन्धि सम्पुर्ण रोगहरु निको हुन्छन् । कुष्ठरोगमा यसको प्रयोगबाट राम्रो फाइदा गर्दछ ।

लालीगुराँसः यसको फुललाई टिपेर छायाँमा सुकाई धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फुलको १–१ चम्चा धुलोलाई मिश्रीपानी वा दुधसँग खानाले स्वर बसेको ठिक हुन्छ, आमाशयमा लाभ पुर्याउछ । रगत सफा राख्छ, जण्डिस रोग ठिक गर्छ। गुराँसको बोक्राको २–३ चम्चा धुलोलाई नियमित ५–६ पटक सेवन गर्नाले पेटका सम्पुर्ण रोगहरु निर्मूल हुन्छन् । यसको फुलको रस वा चुर्णलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले प्रमेह, प्रदर रक्तअल्पता, रक्तचाप, आमवात, चिनीरोग जस्ता अनेकौं रोगबाट चाँडै मुक्ति मिल्छ । तर चिनीरोग लागेका बिरामीले भने शुद्ध पानीसँग मात्र सेवन गर्नुपर्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।