Skip to main content

स्मार्टफोनसँग छुटाउनै नहुने पाँच चीज


स्मार्टफोन जीवनको यति अभिन्न अंग बनिसक्यो कि, शौचालय जाँदासमेत मानिसको साथबाट छुट्दैन् । तर, जीवन सहज बनाउन स्मार्टफोन एक्लै पर्याप्त हुँदैन् । स्मार्टफोनको सुरक्षा र सहजताका लागि तपाईले केही थप उपकरणहरु बोक्नुपर्छ जसले तपाईको स्मार्टफोन प्रयोगको अनुभवलाई अतुलनीय बनाइदिन्छ ।

त्यसो भन्दैमा तपाईले फोनसँगै दर्जनौं एसेसरिज बोकिहिड्नु पनि पर्दैन् । आज हामी तपाईलाई यस्ता पाँचवटा आधारभूत चीजबारे जानकारी दिँदै छौं, जसलाई साथ लिएपछि तपाईको स्मार्टफोन सुरक्षित हुनेछ र स्मार्टफोन प्रयोगमा सहजता पनि ।



१. स्क्रिन सुरक्षा कवच
तपाईंको स्क्रिन कोरिनबाट जोगाउन ‘स्क्रिन प्रोटेक्टर’ सवैभन्दा महत्वपूर्ण साधन हो । स्मार्टफोन नियमित प्रयोग गर्दा स्क्रिन कोरिने र त्यसै कारण फोन छिटै पुरानो र कुरुप देखिने हुन्छ ।
स्क्रिनमा बाहिरबाट टाँसिने प्लास्टिक कभर नै स्क्रिन प्रोटेक्टर हो । निकै कम मूल्यमा पाइने यस्ता प्रोटेक्टरले तपाईको हजारौं रुपैयाँ पर्ने महंगो फोनको स्क्रिन जोगाइदिन्छ । स्क्रिन प्रोटेक्टर प्रयोगले टच स्त्रिmनको कार्यक्षमता कमजोर हुने भ्रम रहे पनि त्यो सत्य हैन् । बजारमा बिभिन्न सुबिधायुक्त स्क्रिन प्रोटेक्टर उपलब्ध छन् ।


२. फोन कभर

नयाँ स्मार्टफोन किन्दात्यसको डिजाइन यतिआर्कषक हुन्छ कि यस्तो राम्रो फोनलाई किन कुरुप कभरभित्र लुकाएर राख्ने भन्ने लाग्छ सक्छ । तर, त्यही स्त्रिmन कभर तपाईको महंगो फोनको सुरक्षाकवच हो, जसले कुनै पनि बेला फोन हातबाट खस्दा समेत जोगादिन्छ । हाम्रो जस्तो धुलोयुक्त मुलुकमा धुलोका कारण फोन कोरिने र फोहोर हुने समस्या पनि धेरै हुन्छ ।
त्यसैले महंगो होस् वा सस्तो, फोन कभरको प्रयोग अनिवार्य हुन्छ । फोनको डिजाइन र ब्राण्ड हेरी तपाईले आर्कषक कभर छान्न सक्नुहुन्छ । अहिले फोन भन्दा पनि आर्कषक फोन कभर बजारमा पाइन्छन् । कतिपय फोन उत्पादकहरुले अहिले फोनसँगै कभर पनि दिन थालेका छन् ।



३. हेडफोन
हेडफोन स्मार्टफोनका लागि सवैभन्दा नभई नहुने उपकरण हो । यदि तपाई संगीत प्रेमी हो भने हेडफोन अनिवार्य नै हो । त्यसबाहेक लामो समय फोनमा कुरा गर्नुपर्ने अबस्थामा हेडफोन नभई हुँदैन । त्यसैले सवैजसो फोन उत्पादकले अहिले फोन सेटसँगै हेडफोन पनिसित्तैमा दिन्छन् । यसरी सँगै प्राप्त हेडफोन कुनै अत्यन्तै उत्कृष्ट हुन सक्छन त कुनै औसत । यदि तपाई स्माटर्ंफोनका माध्यमबाट धेरै म्यूजिक सुन्नुहुन्छ भने तपाईले थर्ड पार्टी हेडफोन रोज्नु उपयुक्त हुन्छ । हेडफोन उत्पादनमै केन्द्रीत बिभिन्न कम्पनीले उत्पादन गरेका ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका हेडफोन बजारमा उपलब्ध छन् ।
४. ब्याट्री ब्याकअप/कार चार्जर

फोनको प्रयोग अत्यधिक गर्नुपर्ने अबस्थामा ब्याट्री दिनभर नटिक्न सक्छ । हुनत पछिल्ला दिनमा सवैजसो फोन उत्पादकहरुले ब्याट्रीको क्षमता बढाइरहेका छन, तैपनि त्यो पर्याप्त भने छैन् । त्यसैले फोन अफ भई सम्पर्क बिच्छेद हुने अबस्थाबाट जोगिन तपाईंले ब्याट्री ब्याकअप साथै बोकिराख्नु बुद्धिमानी हुन्छ । यदि चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्नुहुन्छ भने गाडीभित्रै फोन चार्ज गर्ने सुबिधा पनि हुन्छ । यस्तो अबस्थामा ब्याट्री ब्याकअप वा कार चार्जर साथै बोक्नु अनिवार्य हुन्छ ।



५. सफा गर्ने कपडा

फोनलाई फोहोर र धुलोबाट सफा गरिराख्नु पर्छ । तर, जस्तो पायो त्यस्तै कपडाले फोनको स्किन पुछ्नु हुँदैन् । बजारमा स्मार्टफोन सफागर्ने टुल र कपडाहरु पाइन्छन् । विर्सन नहुने कुरा के हो भने तपाईले कहिले पनिग्लास क्लिनर केमिकलले स्मार्टफोनको टच स्क्रिन सफा गर्नु हुँदैन् ।
स्मार्टफोनसँगै आबश्यक पर्ने यी उपकरणहरु तपाईले कुनै सजिलो ब्यागमा बोक्न सक्नुहुन्छ जसले गर्दा यी सामाग्री छुट्ने चिन्ता पनि हुँदैन् । -पीसी म्यागेजिनबाट




Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।