Skip to main content

अन्डा बेचेरै मासिक ९ लाख आम्दानी !

काठमाडौं,वैशाख ३ – दुबईस्थित स्ट्यान्डर्ड चार्टड बैंकमा क्यासियर पदमा जागिर खाँदा मेरो मासिक तलब २ लाख रुपैयाँभन्दा बढी थियो । ०५९ मा भिजिट भिसा लिएर दुबई पुगेपछि मैले करिब १० वर्षसम्म त्यहीँ काम गरे । तर पैसाले मात्र मलाई आत्मसन्तुष्टि दिएन । बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने जाग्यो । त्यसेले व्यास–८ चापाघाटमा फर्केर कुखुरकापालतमा व्यस्त भएँ । 

नेपाल फर्केको तीनचार महिनासम्म त्यत्तिकै बसेँ । एकदिन चितवनमा घुम्न जाँदा साथीहरुले पनि त्यही व्यवसाय गरेको देखेर कुखुरापालनमै लगानी गर्ने सोच बनाएँ । लगानी गर्न सक्ने हो भने आम्दानी पनि राम्रै हुने देखेको थिएँ र अहिले त्यही सोच फलिफाप भएको छ । यो व्यवसायबाट राम्रै आम्दानी भएको छ ।
मैले चार रोपनी जग्गा १५ वर्षका लागि जिलमा लिएर ०६९ देखि कुखुरापालन सुरु गरेको हुँ । त्यतिबेला १६ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा यसमा जम्माजम्मी १७ लाख रुपैयाँ लगानी भएको थियो । २०७१ साउन १ गते ४६ सय कुखुराको चल्ला पाल्न सुरु गरेर अहिले दैनिक २९४० अन्डा बिक्री गर्दै आएको छु । यसबाट झन्डै मासिक ९ लाख आम्दानी भइरहेको छ ।कुखुरापालनमा हालसम्म ७० लाखभन्दा बढी लगानी भइसकेको छ ।
अन्डा संकलनका लागि कुखुरा फार्मभित्र १५७ वटा डालो राखिएका छन् । कुखुराले त्यही डालोमा अन्डा पार्ने र दैनिक ३ पटकसम्म अन्डा संकलन गर्ने गरिएको छ । बाहिरको हल्लाले कुखुरा तर्सने भएकाले भजनसहितको संगीत बजाइन्छ ।
कात्तिक १५ गतेबाट अन्डा उत्पादन सुरु भएको हो । अन्डाको माग यति थियो कि मंसिरबाटै बजारमा बिक्री गर्न थालें । दैनिक २८ हजार रुपैयाँको अन्डा बिक्री हुने गरेको छ । दाना र ज्यालामा दैनिक हजार रुपैयाँ खर्च हुन्छ । १५ हजार रुपैयाँ नाफा हुन्छ । अन्डा बिक्रीका लागि बजार अभाव छैन । बरु माग अत्यधिक छ । त्यसअनुसार उत्पादन हुनै सकेको छैन ।
व्यवसायमा धैर्य चाहिन्छ । सुरुमा १८ लाखको दाना खर्च भएपछि मात्रै अन्डा उत्पादन हुन थालेको थियो । दिनमा १६ हजार १ सय रुपैयाँ दानामा मात्रै खर्च हुन्थ्यो । अन्डाबिक्रीबाट मासिक मोटामोटी ४ लाख ५० हजार रुपैयाँ नाफा हुने गरेको छ । आजको कारोबार दैनिकमा कृष्ण न्यौपानेले कुखुरा पालनमा लागेका हिमाल श्रेष्ठसँग गरेको कुराकानीमा आधारित एक सामग्री छापिएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।