Skip to main content

८३ वर्षमा शेरचन पुनः सगरमाथा चढ्दै


काठमाडौँ, वैशाख ९ – वयोवृद्ध सगरमाथा आरोही मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट आरोहणको आफ्नो विश्व कीर्तिमान पुनः कायम गर्न यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन सर्वोच्च शिखरको आरोहण गर्ने भएका छन् ।
हाल ८३ वर्ष ९ महिनाका शेरचन यसअघि विसं २०६५ जेठ १२ मा ७६ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल हुनु भएका थिए । पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउरा ले सो रेकर्ड तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका हुन् । शेरचन शुक्रबारको सो दिनको साइतमा काठमाडौँबाट लुक्लातर्फ लाग्दै छन् । नेपालकै ८२ वर्षीय पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायको ज्येष्ठ नागरिक आरोहीको कीर्तिमान कायम राख्न सगरमाथा आरोहणका क्रममा दुःखद् निधन भएको थियो । आरोहणबारे आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा ९एमाले० का पर्यटन प्रवद्र्धन विभागका प्रमुख तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले शेरचनलाई खादा ओढाइ सफलताको कामना गरेका थिए । प्रमुख थापाले शेरचनले दोस्रो पटक आरोहणको साहस गर्नुभएकोमा सफलताको कामना रे। म्याग्दीको भुरुङ–९ तातोपानीमा जन्मनुभएका शेरचन भूतपूर्व गोरखा सैनिक पनि हुन् । उनले २०२ किमिको काठमाडौं —पोखरा यात्रा चार दिनमा र १०२८ किमिको मेची—महाकाली यात्रा २० दिनमा पैदलयात्रामार्फत पूरा गरिसक्नुभएको छ । उनले आफ्नो स्वेच्छाले यात्रा गर्न लागेको बताउँदै यसमा देशविदेशबाट प्राप्त सहयोग र सद्भावबाट उत्साहित भएको बताए । शेरचनले भन्नुभयो, “मेरो आरोहणको मुख्य उद्देश्य बहादुरी देखाउने भन्ने मात्र नभई जन्म र कर्म दिने आमा र पृथ्वी आमाको सम्मान गर्नु हो ।” अहिले समयमा पृथ्वी आमालाई सम्मान गर्नु अत्यावश्यक भएको जनाउँदै उहाँले पर्यावरणको सन्तुलन भएमा मात्र मानवकल्याण हुने बताए । आफूलाई अस्वस्थ भएकाले सगरमाथा चढ्न नसक्ने भनी केही भ्रम उत्पन्न गराइएकोमा असन्तोष जनाउँदै उहाँले आफू तन्दुरुस्त ९पर्फेक्ट० रहेको बताए । शेरचनले आफ्नो मीठो खानाका लागि कोदाको पीठो पनि साथमा लिएर जानुहुनेछ । सो आरोहणको व्यवस्थापन गरिरहेको हिमालयन गाइड्स नेपालका प्रबन्धक ईश्वरी पौडेलले शेरचनको आरोहणका लागि सलामी दस्तुर ९रु ७५ हजार० निःशुल्क गर्न सरकारलाई लामो समयदेखि आग्रह गरिएपनि शुल्क तिरेरै ढिलो गरी अनुमति पाइएको गुनासो गरे । उनले आरोहणका लागि अक्सिजन व्यवस्थापनमा मात्रै साढे पाँच लाख रुपैयाँ लाग्ने बताउनुभयो । आरोहण सहयोगका लागि नेपालमा क्रियाशील समितिका नेपाल संयोजक दुर्गाबहादुर बुढामगर ९सागर० ले गैह्रआवासीय नेपालीले शेरचनको आरोहणका लागि सहयोग गरिरहेको बताए । यस्तै, नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगर, गैह्रआवासीय नेपाली सङ्घ ९एनआरएन० का अन्तर्राष्ट्रिय समितिका सदस्य सुषमा राई, एनआरएन, बेलायतका कल्पना आङबुहाङ, थकाली सेवा समाजका अध्यक्ष खगेन्द्र भट्टचनले पनि आरोहण सफलताको कामना गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।