लाबुचे (सोलुखुम्बु), चैत्र ३० - सगरमाथा आधार शिविर क्षेत्रमा हिजो रातिदेखि हिमपात भएको छ । हिमपातले आधार शिविर घुम्न आएका पर्यटक र सगरमाथा चढ्ने तयारी गरेका आरोहीहरुलाई समस्या भएको छ ।
नाम्चे बजार, लबुचे, गोरक्षपसहित सगरमाथा आधार शिविर क्षेत्रमा हिमपात भएको हो ।
हिमपातका कारण कलापत्थ र सगरमाथा आधार शिविर हिंडेका धेरै पर्यटकले भ्रमण रद्द गरेका छन् । हिमपातले बाटो पुरिएपछि आज विहान चौरीलाई हिडाएर बाटो खुलाइएको थियो ।
यो मौसम सगरमाथा आरोहणको लागि उपयुक्त मानिन्छ । यसअघि यो समयमा हिमपात नभएको स्थानीयको भनाई छ ।
Comments
Post a Comment