Skip to main content

भूकम्पको क्षतिले सगरमाथा आरोहण नरोकिने

नविन अर्याल
१६ वैशाख, काठमाडौं । भूकम्पका कारण केही समस्या देखिए पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण नरोकिने भएको छ । सगरमाथा आरोहण गर्ने बाटोमा भूकम्पको प्रभाव कम परेको हुँदा आरोहण नरोकिने भएको हो ।
अहिले सगरमाथा बेसक्याम्पमा ४२ समूह सगरमाथा आरोहणका लागि अनुकूल समय कुरेर बसिरहेका छन् । हिमाल आरोहणका लागि मे महिनाको दोस्रो हप्ता र अन्तिम हप्ता उपयु्क्त मानिन्छ ।
‘आगामी हप्तादेखि सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु गर्छौं’ पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले भने- ‘छिटोभन्दा छिटो बाटो तयार गरी आरोहीलाई सगरमाथाको बाटो सोझ्याउन भन्छौं ।’
सगरमाथा पोलुसन कन्ट्रोल कमिसन (एसपीसीसी)ले सगरमाथा आरोहणका लागि बाटो बनाउने जिम्मा पाएको छ । उसले डोरी टाँगेर बाटो बनाउने काम गर्छ । भुईंचालोका कारण हिउँ पहिरो गएपछि बाटो बिग्रिएको छ ।
यही भुईंचालोका कारण बेस क्याम्पमा १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १४ जना नेपाली रहेका छन् भने ४ जना विदेशी रहेका छन् । विदेशीमा २ जना अमेरिकन, एकजना अष्ट्रेलियन र एकजना चाइनिज रहेका छन् । हिमपहिरोका कारण ६१ जना घाइते भएका छन् ।
हिम पहिरोको जोखिम बढेपछि सरकारले पहिलो शिविर र दोस्रो शिविरमा रहेका २१० जना आरोहीलाई तल झारेको छ । हेलिकप्टरबाट एउटा उडानमा दुई जनाका दरले तल झारेको महानिर्देशक गौतमले बताए ।
आरोहीहरुको सम्पूर्ण सामाग्री भने शिविरमै रहेको बताइएको छ । बाटो बनाएर अनुकुल समय हुनेवित्तिकै आरोहीहरुलाई शिविरतर्फ लगिने एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेञ्चर्सका को-अर्डिनेटर कृष्ण अर्यालले अनलाइनखबरलाई बताए ।
‘भूकम्प नगएको भए पनि यो समयमा सगरमाथा आरोहण गर्ने भन्ने हुँदैनथ्यो, अहिलेको समय भनेको अप एन्ड डाउन गर्दै प्राक्टिस गर्ने हो’ अर्यालले भने- ‘भूकम्प र अनुकूल मौसमका कारण

हिमाल चढ्न नसकेर आरोही फर्किन लागेको भन्ने कुरा गलत हो ।’
आगामी हप्तादेखि डोरी टाँगेर बाटो बनाउन एसपीसीसीलाई निर्देशन दिने महानिर्देशक गौतमले जानकारी दिए । विदेशबाट डोरी ल्याएर टाङ्नुपर्ने हुँदा यो निकै महंगो पनि हुने गर्छ ।
‘एउटा आरोहीले डोरी टाँगिएको बाटो प्रयोग गरेवापत ६ सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ’ अर्याल भन्छन्- ‘एक सिजनमा डोरीबाट मात्र २ करोडको हाराहारीमा पैसा उठ्नेगर्छ ।
आफूहरुको काम छिटोभन्दा छिटो बाटो बनाएर आरोहण खुल्ला गरिदिने र तल झरेका आरोहीलाई शिविरमा पुग्न हेलिकप्टर चाहिएर उपलब्ध गराउने भएको बताउँदै महानिर्देशक गौतमले सकेसम्म सबै टिमलाई सगरमाथाको सफल आरोहण गराउने लक्ष्य रहेको सुनाए ।
अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि ३१ टिम सहभागी थिए । आरोहणका क्रममा हिम पहिरो गएर २२ जनाको मृत्यू भएपछि आरोहणमा रोक लगाइएका थियो । यस वर्षपनि भूकम्पका कारण यो हप्ताभरि काम रोकिएको गौतम बताउँछन् ।
सगरमाथा आरोहणका लागि सक्रिय सहभागिता रहेको बताउँदै महानिर्देशक गौतमले प्राकृतिक विपत्ति आउँदैमा आरोहणमा विकर्षण पैदा नहुने ठोकुवा गरे । बेसक्याम्पमा रहेका आरोहीले छिटो बाटो बनाइदिनुस्, हामी आरोहणका लागि तयार छौं भनेर फोन आउने गरेको उनको भनाइ छ ।
सगरमाथा आरोहणका लागि सबैजना उत्साहित भएर बसेको अर्यालको भनाइ छ ।
सगरमाथामा भूकम्पको प्रभाव
भूकम्पका कारण सगरमाथा बेश क्याममा ६१ जना घाइते भएपछि पहिलो दिन उनीहरुलाई हेलिकोप्टरबाट ल्याएर उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको थियो ।
दोस्रो र तेस्रो दिन पहिलो र दोस्रो शिविरमा रहेका २१० जना आरोहीलाई हेलिकप्टरमार्फत् उद्दार गरिएको महानिर्देशक गौतमको भनाइ छ ।
‘पहिलो र दोस्रो शिविरमा रहेका आरोहीलाई तल झार्नु मुख्य काम थियो, किनकि बीचमा हिमपहिरोका कारण बाटो अवरुद्ध थियो’ गौतमले भने- ‘आरोही हिमाल चढ्ने अभ्यासका लागि शिविरमा गएका थिए ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।