Skip to main content

भूकम्पको क्षतिले सगरमाथा आरोहण नरोकिने

नविन अर्याल
१६ वैशाख, काठमाडौं । भूकम्पका कारण केही समस्या देखिए पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण नरोकिने भएको छ । सगरमाथा आरोहण गर्ने बाटोमा भूकम्पको प्रभाव कम परेको हुँदा आरोहण नरोकिने भएको हो ।
अहिले सगरमाथा बेसक्याम्पमा ४२ समूह सगरमाथा आरोहणका लागि अनुकूल समय कुरेर बसिरहेका छन् । हिमाल आरोहणका लागि मे महिनाको दोस्रो हप्ता र अन्तिम हप्ता उपयु्क्त मानिन्छ ।
‘आगामी हप्तादेखि सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु गर्छौं’ पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले भने- ‘छिटोभन्दा छिटो बाटो तयार गरी आरोहीलाई सगरमाथाको बाटो सोझ्याउन भन्छौं ।’
सगरमाथा पोलुसन कन्ट्रोल कमिसन (एसपीसीसी)ले सगरमाथा आरोहणका लागि बाटो बनाउने जिम्मा पाएको छ । उसले डोरी टाँगेर बाटो बनाउने काम गर्छ । भुईंचालोका कारण हिउँ पहिरो गएपछि बाटो बिग्रिएको छ ।
यही भुईंचालोका कारण बेस क्याम्पमा १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १४ जना नेपाली रहेका छन् भने ४ जना विदेशी रहेका छन् । विदेशीमा २ जना अमेरिकन, एकजना अष्ट्रेलियन र एकजना चाइनिज रहेका छन् । हिमपहिरोका कारण ६१ जना घाइते भएका छन् ।
हिम पहिरोको जोखिम बढेपछि सरकारले पहिलो शिविर र दोस्रो शिविरमा रहेका २१० जना आरोहीलाई तल झारेको छ । हेलिकप्टरबाट एउटा उडानमा दुई जनाका दरले तल झारेको महानिर्देशक गौतमले बताए ।
आरोहीहरुको सम्पूर्ण सामाग्री भने शिविरमै रहेको बताइएको छ । बाटो बनाएर अनुकुल समय हुनेवित्तिकै आरोहीहरुलाई शिविरतर्फ लगिने एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेञ्चर्सका को-अर्डिनेटर कृष्ण अर्यालले अनलाइनखबरलाई बताए ।
‘भूकम्प नगएको भए पनि यो समयमा सगरमाथा आरोहण गर्ने भन्ने हुँदैनथ्यो, अहिलेको समय भनेको अप एन्ड डाउन गर्दै प्राक्टिस गर्ने हो’ अर्यालले भने- ‘भूकम्प र अनुकूल मौसमका कारण

हिमाल चढ्न नसकेर आरोही फर्किन लागेको भन्ने कुरा गलत हो ।’
आगामी हप्तादेखि डोरी टाँगेर बाटो बनाउन एसपीसीसीलाई निर्देशन दिने महानिर्देशक गौतमले जानकारी दिए । विदेशबाट डोरी ल्याएर टाङ्नुपर्ने हुँदा यो निकै महंगो पनि हुने गर्छ ।
‘एउटा आरोहीले डोरी टाँगिएको बाटो प्रयोग गरेवापत ६ सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ’ अर्याल भन्छन्- ‘एक सिजनमा डोरीबाट मात्र २ करोडको हाराहारीमा पैसा उठ्नेगर्छ ।
आफूहरुको काम छिटोभन्दा छिटो बाटो बनाएर आरोहण खुल्ला गरिदिने र तल झरेका आरोहीलाई शिविरमा पुग्न हेलिकप्टर चाहिएर उपलब्ध गराउने भएको बताउँदै महानिर्देशक गौतमले सकेसम्म सबै टिमलाई सगरमाथाको सफल आरोहण गराउने लक्ष्य रहेको सुनाए ।
अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि ३१ टिम सहभागी थिए । आरोहणका क्रममा हिम पहिरो गएर २२ जनाको मृत्यू भएपछि आरोहणमा रोक लगाइएका थियो । यस वर्षपनि भूकम्पका कारण यो हप्ताभरि काम रोकिएको गौतम बताउँछन् ।
सगरमाथा आरोहणका लागि सक्रिय सहभागिता रहेको बताउँदै महानिर्देशक गौतमले प्राकृतिक विपत्ति आउँदैमा आरोहणमा विकर्षण पैदा नहुने ठोकुवा गरे । बेसक्याम्पमा रहेका आरोहीले छिटो बाटो बनाइदिनुस्, हामी आरोहणका लागि तयार छौं भनेर फोन आउने गरेको उनको भनाइ छ ।
सगरमाथा आरोहणका लागि सबैजना उत्साहित भएर बसेको अर्यालको भनाइ छ ।
सगरमाथामा भूकम्पको प्रभाव
भूकम्पका कारण सगरमाथा बेश क्याममा ६१ जना घाइते भएपछि पहिलो दिन उनीहरुलाई हेलिकोप्टरबाट ल्याएर उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको थियो ।
दोस्रो र तेस्रो दिन पहिलो र दोस्रो शिविरमा रहेका २१० जना आरोहीलाई हेलिकप्टरमार्फत् उद्दार गरिएको महानिर्देशक गौतमको भनाइ छ ।
‘पहिलो र दोस्रो शिविरमा रहेका आरोहीलाई तल झार्नु मुख्य काम थियो, किनकि बीचमा हिमपहिरोका कारण बाटो अवरुद्ध थियो’ गौतमले भने- ‘आरोही हिमाल चढ्ने अभ्यासका लागि शिविरमा गएका थिए ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an