सगरमाथा आधार शिविरमा मृत्यु भएकामध्ये १५ जनाको पहिचान खुलेको छ । यसमा १० जना नेपाली र ५ विदेशी छन । दश नेपालीमध्ये नौ जना एउटै कम्पनीका नेपाली कामदार परेका छन् । पर्यटन विभागले २० जनाको मृत्यु भएको खबर जानकारीमा आएपनि मंगलबारसम्म १५ जनाको पहिचान भएको बताएको छ । घाइते ६१ जनालाई उद्दार गरिएको छ । यिमध्ये अधिकाशंलाई आइतबार नै काठमाडौं ल्याइएको थियो । विभागका महानिर्देशक तुलसी गौतमका अनुसार, आधार शिविरमा मृत्यु हुनेमा लाक्पा छिरिङ शेर्पा, शिवकुमार श्रेष्ठ, पेमा हिसी शेर्पा, दावा छिरी शेर्पा, पेम्बा शेर्पा, मिलन राई, पासाङ्ग तेम्बा शेर्पा र तेन्जिङ्ग भोटे छन । पहिलो चिनीयाँ महिला आरोहण दलसँग गएका लाक्पा छिरिङ्ग शेर्पा ड्रिमर डेस्टीनेशन ट्ेरकका हाई अल्टीच्यूट वर्कर हुन । उनको मुलघर खुम्जुङ्ग –५ सोलुखुम्बु हो । शिवकुमार श्रेष्ठ ड्रिमर्स डेस्टिनेशनकै भान्से हुन । उनी खहरे – ४ दोलखा निवासी हुन । त्यसैगरी हिमालयन गाइड्स नेपाल ट्ेरक्स एण्ड एक्सीपिडिसनका नौ जनाको मृत्यु भएको छ । यसमा एक जना आरोही अमेरिकी नागरिक र बाँकी आठ जना नेपाली छन् । विभागका अनुसार, मृत्यु हुनेमा बुङ – ९ ...